जनकपुरमा नक्कली नोट सहित पक्राउ
धनुषा: जिल्ला प्रहरी कार्यालय
नक्कली नोट सहित मानिस नियन्त्रणमा
************************************
मिति २०८०/०१/११ गते अं.१५;४५ बजेको समयमा जिल्ला धनुषा जनकपुर उप-महानगरपापलिका वडा नं. २३ स्थित बसपार्कमा प्र.चौ.जिरोमाईलबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ् टोलिले १ जना महिला कालो ब्याग बोकी यता-उता हिडडुल गरिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा जिल्ला धनुषा बिदेह न.पा. वडा नं. ६ बस्ने सरोज साहको श्रीमती अं. वर्ष २५ की अनु कुमारी साहले बोकेको कालो ब्यागबाट ज ३४७५०६६६ नं. भएको १०००।– को नोट थान-२५, झ७९५५४३२३ नं. भएको १०००।– को नोट थान-२४, ट२१६१३३४ नं. भएको १०००।– को नोट थान-२१, झ ४८०६८७३४ नं. भएको १०००।– को नोट थान-१०५, छ ७००९५४५० नं. भएको १०००।– को नोट थान-१०६ , झ ५९२६११७३ नं. भएको १०००।– को नोट थान-१०५, झ ९५७१७२४१ नं. भएको १०००।– को नोट थान-१०६, जम्मा १०००।– को नोट ४९२ वटा जम्मा रु ४,९२,०००।- र ङ८१७०४८५८ नं. भएको ५००।– को नोट थान-१४०, च ३७०२५६०० नं. भएको ५००।– को नोट थान १४२, ङ १००३६०७५४ नं. भएको ५००।– को नोट थान १४१, च ५५६५२७६४ नं. भएको ५००।– को नोट थान १३६, जम्मा ५००।– को नोट ५५९ वटा रु २७९,५००।- गरी जम्मा रु ७,७१,५००।- (सात लाख एकत्तर हजार पाँच सय) नेपाली नक्कली नोट बरामद गरीएको र निज महिलाको खल्तीबाट सक्कली नेपाली रु १०,५००।- र सक्कली भारतीय १६०।– समेत बरामद गरी मानिस सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई निज संग बुझ्दा भारतबाट उक्त नक्कली नोट १ लाख सक्कली बराबर २ लाख नक्कली नोट साटी ल्याएको भन्ने प्रारम्भिक जानकारी गराएको र उक्त नक्कली कारोवारमा थप संलग्नता रहेको जि.धनुषा जनकपुरधा न.पा. वडा नं. २ बस्ने अं. बर्ष २५ को लंकेश कुमार साह समेतलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको ।
Comments
Post a Comment